Banner Nepal
उम्मेदवार चयनमा असहमति जनाउँदै नेकपाका केन्द्रीय सदस्य गुरुङको राजीनामा

काठमाण्डौ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सिताराम गुरुङले ओखलढुंगामा उम्मेदवार छनोटप्रति असहमति जनाउँदै पार्टी पदबाट राजीनामा दिएका छन्। नेकपाले प्रतिनिधिसभा निर्वाचनका लागि अम्बिरबाबु गुरुङलाई उम्मेदवार बनाएपछि उनले सहयोग गर्न नसक्ने निष्कर्षसहित पद त्याग गरेका हुन्।

रुम्जाटार गाविसका पूर्व अध्यक्षसमेत रहेका गुरुङ अम्बिरबाबु गुरुङ र उनको समूहसँग मतभेदका कारण यसअघि नेकपामा प्रवेश गरेका थिए। केन्द्रीय सदस्यको सपथ लिएर जिल्लास्तरीय जिम्मेवारी सम्हालेका उनले अम्बिर गुरुङ एमाले परित्याग गरी नेकपाबाट टिकट पाएपछि असन्तुष्टि सार्वजनिक गरेका हुन्।

गुरुङले वर्तमान राजनीतिक परिस्थितिमा ओखलढुंगा जिल्ला र समग्र मुलुकलाई अघि बढाउन एमाले आवश्यक रहेको दाबी गर्दै सोही दलमा समाहित भएको घोषणा गरेका छन्। साथै, उनले आगामी निर्वाचनमा एमाले उम्मेदवार अस्मिता थापाको जितका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update