Banner Nepal
उज्यालो नेपालका अध्यक्ष घिसिङको दाबी: अधिकांश क्षेत्रमा जित निकाल्छौँ

काठमाण्डौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले उम्मेदवारी दिएका अधिकांश निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी गरेका छन्। सिमरा पुगेका घिसिङले विशेषगरी काठमाडौं आसपासका क्षेत्रमा आफ्ना उम्मेदवार विजयी हुने र अन्य स्थानमा पनि कडा प्रतिस्पर्धा प्रस्तुत गर्ने बताए।

उनका अनुसार पार्टीले १२१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाइसकेको छ। ‘धेरै सिट जित्छौँ, जित नआएका ठाउँमा पनि बलियो प्रतिस्पर्धामा हुन्छौँ,’ उनले भने।

अध्यक्ष घिसिङले जेन–जी आन्दोलनको माग र जनचाहनाअनुसार सबै कुरा त्यागेर रास्वपासँग सहमति गरेको स्मरण गर्दै ती सहमति कार्यान्वयन हुन नसकेको बताए।

झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहको जितको सम्भावनाबारे सोधिएको प्रश्नमा घिसिङले त्यहाँ आफ्नो पार्टीको पनि उम्मेदवारी रहेको उल्लेख गरे। ‘अब निर्णय जनताले गर्ने हो, जनताको निर्णय नै अन्तिम हुन्छ,’ उनले स्पष्ट पारे।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update