काठमाण्डौ महानगरद्वारा टुकुचा र धोबीखोलामा बक्स कल्भर्ट निर्माण
काठमाण्डौ—काठमाण्डौ महानगरपालिकाले डुबान तथा कटानको जोखिम कम गर्ने उद्देश्यले बागबजार र बबरमहल क्षेत्रमा बक्स कल्भर्ट निर्माण गर्ने निर्णय गरेको छ। महानगरका अनुसार बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिनेछ।
महानगरका सब–इन्जिनियर दीपकबहादुर शाहीका अनुसार उक्त आयोजना रु ५७ लाख ७२ हजार ६ सय ९४ को लागतमा सम्पन्न गरिनेछ। निर्माण कार्य आगामी चैत मसान्तभित्र सक्ने गरी ठेक्का सम्झौता भइसकेको उनले जानकारी दिए।
त्यसैगरी, बबरमहल हुँदै बग्ने धोबीखोलाको किनारमा पर्ने रोजबड स्कूल नजिक पनि बक्स कल्भर्ट निर्माण गरिनेछ। यस आयोजनाको लागत रु दुई करोड २१ लाख २३ हजार ८ सय ९९ तोकिएको छ। सम्बन्धित निर्माण कम्पनीसँग आगामी पुस मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भइसकेको महानगरले जनाएको छ।
प्रकाशित मिति: शनिबार, माघ १७, २०८२ १३:५८
प्रतिक्रिया दिनुहोस्


