सीटी स्क्यान खरिद प्रकरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीमाथि मुद्दा
काठमाण्डौ । सीटी स्क्यान मेसिन खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता सिंह भण्डारीसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार कुनै पूर्वयोजना नबनाई गरिएको खरिदमार्फत सात करोड ३१ लाख रुपैयाँ बराबरको आर्थिक हिनामिना भएको छ। मुद्दामा प्रतिष्ठानका तत्कालीन तथा बहालवाला प्रशासनिक, प्राविधिक र शैक्षिक कर्मचारीसँगै उपकरण आपूर्ति गर्ने कम्पनी र त्यसका सञ्चालकहरूलाई समेत प्रतिवादी बनाइएको छ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ १७:२३
प्रतिक्रिया दिनुहोस्


