Banner Nepal
निर्वाचन सुरक्षाबारे गृहमन्त्री र निर्वाचन आयोगबीच छलफल

काठमाण्डौ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने स्पष्ट पारेका छन्।

निर्वाचन आयोगका पदाधिकारीहरूसँग बिहीबार भएको छलफलमा उनले भयरहित निर्वाचन वातावरण सुनिश्चित गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका हुन्। छलफलमा निर्वाचन सुरक्षालाई मजबुत बनाउँदै मतदाता, राजनीतिक दल, उम्मेदवार, कर्मचारी र सुरक्षाकर्मीलगायत सबै सरोकारवालाको सुरक्षाका लागि गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना कार्यान्वयन गरिरहेको जानकारी दिइएको छ।

आपराधिक तथा निर्वाचनविरोधी गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइसकिएको गृहमन्त्रीको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update