सर्वोच्चको फैसला कुर्दै रवि लामिछानेविरुद्धको मुद्दा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत प्रतिवादी रहेको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता लिन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।
महान्यायाधिवक्ता कार्यालयको निर्णय कार्यान्वयनका लागि दायर निवेदन सर्वोच्च अदालतमा सोही विषयसम्बन्धी रिट विचाराधीन रहेकाले अन्तिम टुंगो नलागेसम्म पेश नगर्न आदेश दिइएको अदालतले जनाएको छ। सहकारी ठगीको अभियोग भने यथावत् राखिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ १७:१५
प्रतिक्रिया दिनुहोस्


