निर्वाचन वातावरण अस्वस्थ रहेको ओलीको आरोप
केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित घोषणापत्र तयारीका क्रममा सरकार निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गराउन असफल भएको आरोप लगाउँदै राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुगेको क्षतिको पुनर्निर्माणका लागि दृढ नेतृत्व आवश्यक रहेको बताएका छन्।
पार्टीले देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दीगो विकासका माध्यमबाट जनताको आकांक्षा पूरा गर्ने कार्यक्रमसहित व्यावहारिक घोषणापत्र ल्याउने तयारी गरेको उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ १७:०९
प्रतिक्रिया दिनुहोस्


