काठमाण्डौ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा सोमबार सम्पन्न भेटमा पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचन र नेपालमा अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोगका विषयमा छलफल भएको जनाइएको छ।
भेटका क्रममा गृहमन्त्री अर्यालले फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार सक्रिय रूपमा लागिरहेको जानकारी गराएका थिए। उनले निर्वाचन अवधिमा शान्ति–सुरक्षा कायम गर्न आवश्यक सबै तयारी तीव्र गतिमा अघि बढाइएको उल्लेख गरे।
कार्यवाहक राजदूत अर्बमले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर रहने विश्वास व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य थप सुदृढ हुँदै जाने धारणा राखेका थिए।


