राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मत खस्यो
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको समयावधिमा मतदान प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सातै प्रदेशमा रहेका १८ पदका लागि मतदान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । आयोगका अनुसार मतदान अवधिभर कुनै अप्रिय घटना नघटेको र समग्र निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा अघि बढेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२ १७:४४
प्रतिक्रिया दिनुहोस्


