Banner Nepal
मकवानपुर–१ र २ मा स्वतन्त्र उम्मेदवारले पाए आ–आफ्ना चुनाव चिह्न

काठमाण्डौ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रमा रहेका १५ जना स्वतन्त्र उम्मेदवारले आफ्नो–आफ्नो चुनाव चिह्न पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई रोजाइका आधारमा चिह्न उपलब्ध गराएको हो।
निर्वाचन क्षेत्र नम्बर १ मा १० जना र क्षेत्र नम्बर २ मा ५ जना स्वतन्त्र उम्मेदवारलाई विभिन्न चिह्न प्रदान गरिएको छ। राजनीतिक दलका उम्मेदवारका चिह्न भने निर्वाचन आयोगमा दर्ता भएको आधिकारिक सूचीअनुसार निर्धारण गरिएको निर्वाचन प्रशासनले जनाएको छ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा उम्मेदवारी फिर्ता नपरेपछि कुल ४४ उम्मेदवारी कायम भएका छन्। क्षेत्र नम्बर १ मा २३ र क्षेत्र नम्बर २ मा २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमा दलगत र स्वतन्त्र दुवै समूह समावेश छन्।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update