सिद्धार्थ राजमार्ग सुधारका लागि एआईआईबीको २० लाख डलर अनुदान स्वीकृत
सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा सडक खण्ड सुधारका लागि एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)बाट प्राप्त हुने २० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
काठमाण्डौस्थित सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले राजमार्ग सुधार आयोजनाको तयारीका लागि अनुदान स्वीकृत गरिएको जानकारी दिनुभयो।
सरकारका अनुसार अनुदान सहयोगबाट सिद्धार्थ राजमार्गको सुधार तथा उन्नयन कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२ १७:५३
प्रतिक्रिया दिनुहोस्


