Banner Nepal
गगन–शेखर सहकार्यको चर्चा असत्य, कोइराला सचिवालयको स्पष्टिकरण

काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले सभापति गगन थापासँग मिलेर अघि बढ्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट गरेको छ। पछिल्ला दिनमा सार्वजनिक भएका समाचारहरूलाई खण्डन गर्दै सचिवालयले सो दाबी निराधार भएको जनाएको हो।

सचिवालयका अनुसार देशभरबाट टिकट माग्दै नेताहरू डा. कोइरालासमक्ष पुगेका भए पनि अहिलेसम्म टिकट वितरण कहाँ, कसरी र कुन मापदण्डका आधारमा हुँदैछ भन्ने विषयमा कुनै जानकारी प्राप्त नभएको छैन।

सचिवालयले जारी गरेको भनाइमा भनिएको छ, ‘देशैभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागेको छ। तर टिकट वितरणको प्रक्रिया र मापदण्डबारे अहिलेसम्म कुनै जानकारी छैन। डा. शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने समाचारमा सत्यता छैन।’

त्यस्तै, विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कुनै पनि सदस्यले हालसम्म कुनै माध्यमबाट नेता कोइरालासँग सम्पर्क वा छलफल नगरेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update