मोरङ–३ मा कांग्रेसबाट सुनिल शर्माको उम्मेदवारी तय
काठमाण्डौ । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। पार्टीले उनलाई आज मोरङ–३ को आधिकारिक टिकट प्रदान गरेको हो।
शर्माले विशेष महाधिवेशनमा पुगेर सम्बोधन गरे पनि नेतृत्व चयनको प्रक्रियामा भने प्रत्यक्ष रूपमा सहभागी भएका थिएनन्। सोही समयमा सानेपामा भएको पार्टी बैठकमा भने उनी सहभागी भएका थिए।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई आधिकारिक मान्यता दिएपछि शर्मा पार्टीभित्र एकता आवश्यक रहेको भन्दै अभिव्यक्ति दिँदै आएका थिए। उनले कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर आगामी निर्वाचनमा अघि बढ्नुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ १५:५८
प्रतिक्रिया दिनुहोस्


