Banner Nepal
नेकपा छाडेका रहबर अन्सारी रास्वपामा प्रवेश

काठमाण्डौ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै पार्टी परित्याग गरेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मार्फत अन्सारी औपचारिक रूपमा पार्टीमा आबद्ध भएका हुन्। पार्टी प्रवेशसँगै उनले मधेश प्रदेश सभाको सदस्य पदबाट समेत राजीनामा दिएका थिए।

अन्सारीले रास्वपाले परिवर्तनको स्पष्ट सङ्कल्पसहित अभियान अघि बढाएको उल्लेख गर्दै सोही यात्रामा आफू जोडिएको बताए। उनले मुलुकको अबको परिवर्तन रास्वपाबाट मात्र सम्भव हुने दाबी गरे।

उनका अनुसार रास्वपाले मधेशका छोरा बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। अन्सारी बारा क्षेत्र नम्बर ४ बाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update