नयाँ राजनीतिक अध्याय
मेयर पद त्यागेपछि बालेन रास्वपा कार्यालय पुगे, कार्यकर्ताको भीड र नाराबाजी
काठमाण्डौ — काठमाण्डौ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्। राजीनामा सार्वजनिक भएलगत्तै बनस्थलीस्थित पार्टी कार्यालयमा पुग्नु उनको रास्वपासँगको पहिलो औपचारिक उपस्थिती हो।
बालेन साहको आगमनलाई लिएर रास्वपा कार्यकर्तामा उच्च उत्साह देखिएको थियो। पूर्वनिर्धारित समय अनुसार दिउँसो १ बजे पुग्ने कार्यक्रम रहे पनि उनी करिब पौने ४ बजे मात्र कार्यालय आइपुगेका थिए। बालेन आउने सूचना पाएपछि मध्यान्हदेखि नै कार्यालय परिसरबाहिर समर्थकहरूको भीड जम्मा भएको थियो।
उनको आगमनसँगै कार्यकर्ताले नाराबाजी र हुटिङ गर्दै स्वागत गरे। भीड अत्यधिक भएपछि साहलाई कार्यालयभित्र प्रवेश गर्न केही समय लागेको थियो।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ १६:४९
प्रतिक्रिया दिनुहोस्


