विश्वकप यात्रामा निस्कियो नेपाली क्रिकेट टोली
आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको औपचारिक बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार आयोजना गरेको कार्यक्रममा विश्वकप खेल्न जाने टोलीलाई शुभकामनासहित विदाइ गरेको हो।
आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा आयोजना हुने टी–२० विश्वकपअघि नेपाली टोलीले तयारीस्वरूप अभ्यास खेलहरू खेल्ने कार्यक्रम रहेको क्यानले जनाएको छ। प्रतियोगितालाई लक्षित गर्दै टोलीले अन्तिम तयारी तीव्र बनाएको छ।
बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले खेलाडीहरूलाई सफलताको शुभेच्छा व्यक्त गरे। नेपाली टोली आइतबार भारततर्फ प्रस्थान गर्नेछ।
प्रकाशित मिति: शनिबार, माघ ३, २०८२ १३:१५
प्रतिक्रिया दिनुहोस्


