Banner Nepal
पार्टीभित्रको मतभेद अन्त्य गर्न गगन थापाको जोड

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै सबै नेताहरूलाई एउटै मोर्चामा उभिन आग्रह गरेका छन्। केन्द्रीय समिति बैठकअघि काठमाण्डौमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक तथा संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरे।

थापाले देउवाले सक्रिय रूपमा पार्टी पंक्तिलाई एकताबद्ध हुने सन्देश दिनुपर्ने आवश्यकता औंल्याउँदै अब असमझदारीलाई अन्त्य गर्ने समय आएको बताए। प्रारम्भिक चरणमा केही विमति भए पनि अब सबै धार एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले पार्टीका वरिष्ठ नेता डा. शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि समान भूमिकाको अपेक्षा गरेको उल्लेख गर्दै निकट भविष्यमा कांग्रेसका सबै नेता एकै स्थानमा बसेर संवाद, छलफल र निर्णयमा पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update