Banner Nepal
स्थानीय बजारमा सुन–चाँदी फेरि महँगियो

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ। पछिल्ला दुई दिनयता सुनको भाउ बढेसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ। यस अवधिमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार प्रतितोला ४ हजार ७८० रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको छ, जसअनुसार दुई दिनमा प्रतितोला २१० रुपैयाँ वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५२४ अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update