उज्यालो नेपालसँगको एकता भंगपछि रास्वपाको बन्दसूची संशोधन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाइसकेको समानुपातिक बन्दसूची अद्यावधिक गराएको छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको एकता सहमति भंग भएपछि पार्टीले आज आयोगमा पुगेर सूची संशोधन गरेको हो।
रास्वपा र उज्यालो नेपालबीच हिजो भएको एकताको सहमति औपचारिक रूपमा टुटेको थियो। त्यसलगत्तै आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको नयाँ अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
यसअघि सार्वजनिक गरिएको समानुपातिक बन्दसूचीप्रति तीव्र आलोचना भएपछि सूचीमा समावेश केही व्यक्तिहरूले नाम फिर्ता लिने घोषणा गरेका थिए। नाम फिर्ता लिएका र उज्यालो नेपालबाट समेटिएका नेताहरूको स्थानमा रास्वपाले नयाँ नाम समावेश गरी सूची अद्यावधिक गराएको हो।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ १४:०३
प्रतिक्रिया दिनुहोस्


