संस्थापन पक्ष एकजुट
गोपालमान श्रेष्ठसहित संस्थापन समूह भृकुटीमण्डपमा उपस्थित
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठसहित चुनावअघि महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका संस्थापन समूहका केन्द्रीय नेताहरू विशेष महाधिवेशनमा सहभागी भएका छन्। केही समयअघि उनीहरू कार्यक्रमस्थल भृकुटीमण्डप पुगेका हुन्।
उक्त समूहमा तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ १४:०२
प्रतिक्रिया दिनुहोस्


