Banner Nepal
धनुषामा जग्गा विवादले लियो हिंसात्मक रूप, ८ जना घाइते

धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्। मिथिला नगरपालिका–२ काठमाण्डौस्थित सुकजोर क्षेत्रको सन्त रामपाल आश्रमअगाडि स्थानीयहरूबीच तनाव बढ्दै झडप भएको हो।

प्रहरीका अनुसार घाइते सबै स्थानीय बासिन्दा हुन्। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा १६ सेल अश्रुग्यास प्रहार गरेका छन्। धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपी गणेश बमका अनुसार नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रयोग गरेको हो।

झडपपछि आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्के सडक अवरुद्ध गरेका छन्। साथै, सखुवा महेन्द्रनगरस्थित औरही पुल नजिक एक एम्बुलेन्समा तोडफोडसमेत भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update