Banner Nepal
नेप्से १०.८७ अंकले बढ्यो, कारोबार पाँच अर्ब नाघ्यो

काठमाण्डौ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १० दशमलव ८७ अंकले वृद्धि हुँदै २ हजार ६३३ दशमलव ७६ बिन्दुमा पुगेको छ। बजारमा समग्र रूपमा सुधार देखिँदा लगानीकर्ताको सक्रियता बढेको देखिएको छ।

नेप्सेका अनुसार आज ३४२ कम्पनीका एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक कारोबार हुँदा कुल कारोबार रकम पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँ पुगेको छ।

आजको कारोबारमा सबै समूहका उपसूचक सकारात्मक रहे। सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.६१ प्रतिशतले बढ्दै अगाडि देखिएको छ। एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नकारात्मक सर्किटमा परेको छ।

कारोबार रकमका आधारमा ग्रीन भेन्चर लिमिटेड अग्रस्थानमा रहँदै १७ करोड ७९ लाख तीन हजार ४१३ रुपैयाँ बराबरको तीन लाख ४९ हजार ७४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update