मोरङको विराटनगर–१५ स्थित रानी क्षेत्रमा स्राेत नखुलेको नेपाली नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–६ निवासी अरबिन्द्र अग्रवाललाई ६ लाख रुपैयाँसहित पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ हुण्डीमार्फत रकम भित्र्याइँदैछ भन्ने सूचनापछि प्रहरी टोलीले प्रदेश नं. १–०४–००१ च.०१६४ नम्बरको कारलाई निगरानीमा राखेको थियो। सोही क्रममा रानी–विराटनगर सडकखण्ड हुँदै विराटनगरतर्फ जाँदै गरेको कारलाई विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर (पेट्रोल पम्प) अगाडि रोकी जाँच गरिएको प्रहरीले जनाएको छ।
कार रोकेपछि चालकले कालो रङको प्लास्टिकको पोका बोकी पेट्रोल पम्पको कार्यालयतर्फ भाग्न खोज्दा प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार नगद रकम, प्रयोग गरिएको कार र नियन्त्रणमा लिइएका व्यक्तिलाई इप्रका रानीमा ल्याई थप अनुसन्धान अघि बढाइएको छ।



