Banner Nepal
समानुपातिकमा बस्दिनँ, साथीको अवसर खोस्न चाहन्नँ:  विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्दै उनले आफू समानुपातिकमा बसे पार्टीभित्रका अन्य नेताको अवसर र सम्भावनामा असर पर्ने उल्लेख गरेका हुन्।

बैठकमा शर्माले प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकमार्फत संसद् प्रवेश गर्ने चाहना नभएको स्पष्ट पारे। एक पदाधिकारीका अनुसार, पार्टी महामन्त्री समानुपातिक सूचीमा समेटिनु भनेको अर्का साथीको सम्भावना खोस्नु हुने भएकाले आफू त्यस्तो गर्न नचाहेको उनको भनाइ थियो।

महामन्त्री शर्माले संसदमा नगई पार्टी संगठनमै केन्द्रित भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। कांग्रेसलाई रूपान्तरण गर्दै आगामी दिनमा नयाँ ढंगले स्थापित गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसै लक्ष्यमा समर्पित हुने बताएका छन्।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update