Banner Nepal
चितवन–३ बाट रेनु दाहाल प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

नेपाली कम्युनिष्ट पार्टीले आगामी संसदीय निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ। पार्टीको क्षेत्र नम्बर ३ को बैठकले दाहाललाई प्रत्यक्षतर्फ एकल उम्मेदवार बनाउने निर्णय गरेको हो।

मेयर दाहालका अनुसार बैठकमा फागुन २१ गते तोकिएको संसदीय निर्वाचनका लागि उनको नाम मात्रै सिफारिस भएको छ। पार्टीका सहकर्मीहरूले देखाएको विश्वासलाई स्वीकार गर्दै उनले महानगरको जिम्मेवारी छोडेर संसदीय प्रतिस्पर्धामा अघि बढ्नुपर्ने अवस्था आएको बताइन्।

चुनौतीपूर्ण परिस्थितिमा पार्टीको निर्णयलाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै दाहालले संगठनको भरोसालाई अवसर र जिम्मेवारी दुवैका रूपमा लिएको स्पष्ट पारिन्।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update