Banner Nepal
काठमाडौँ क्षेत्रनम्बर ४ मा गगन थापासंग राप्रपाले चाहनालाई उठाउने

काठमाडौं, ९ पुस ।   फागुन २१ गते  निर्वाचनको तिथि  नजिकिदै जाँदा राजनीतिक पार्टीहरु भित्रको माहोल पनि गर्माएको छ। नेपाली कांग्रेस भित्र उम्मेदवारको सिफारिस गर्ने होड तीब्र भएको छ।  त्यस्तै राष्टिय प्रजातन्त्र पार्टीमा पनि सिफरिस होड चलेको छ। यसैक्रममा राजधानीका विभिन्न क्षेत्रबाट सिफरिस हुन थालेका छन् । सबैको चासो भएको काठमाडौंको क्षेत्र नं ४ मा राप्रपाले समेत उम्मेदवार सिफारिस टुंगो लगाएको छ। काठमाडौंको क्षेत्र नं ४ बाट सो पार्टीले सिफरिस गरेको छ। 


राप्रपाले काठमाडौ ४ बाट चम्पा अधिकारी (चाहाना)लाई समानुपातिक १ नम्बर र प्रतक्षमा समेत उमेदवार बनाउन स्थानीय समितिले सिफारिस गरेको छ । स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नपाबाट उपमेयर उमेदवार भएर पपुलर भोटका साथ थोरै मतले पराजित उनी यश क्षेत्रमा राप्रपाका चर्चित अनुहार भित्र । राप्रपाको महिला संगठनको सचिव  समेत रहेकी उनीलाई टिकट पाउदा राप्रपाले  जित्ने राप्रपाका एक नेताले बताए । उहाँ जत्तिको डाईनामिक महिला नेतृले चुनाव जित्नु हुन्छ । समानुपातिकबाठै भए पनि उहाहरु जस्तो युवालाई अगाडि बढाउनु पर्छ भन्ने हाम्रो जोड हो उनले भने ।


त्यसैगरी प्रत्यक्ष तर्फबाट  भूवन पाठकm, डा ठाकुर मोहन श्रेष्ठ र चम्पा अधिकारी चाहनाको नाम सिफारिस भएको छ। त्यसैगरी  यस क्षेत्रबाट समनुपातिक तर्फ सो पार्टीले चम्पा अधिकारी चाहनालाई पहिलो नम्बरमा सिफरिस गरेको सो पार्टीले  जनाएको छ। त्यसैगरी राजेश मगैया र ठाकुर पौडेल  लगायतको सिफरिस भएको छ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update