काठमाण्डौ— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सीमित सुधार देखिएको छ। कारोबारको अन्त्यमा नेप्से १ दशमलव ३७ अङ्कले बढ्दै २ हजार ५८५ दशमलव ८७ बिन्दुमा पुगेर बन्द भएको हो।
आजको बजारमा ३३४ कम्पनीका ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक कारोबार हुँदा कुल कारोबार रकम ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ रुपैयाँ ४५ पैसामा सीमित रह्यो।
शेयर मूल्य वृद्धिका हिसाबले इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रह्यो, जसको मूल्य ५ दशमलव ३२ प्रतिशतले बढ्यो। यता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव २६ प्रतिशतले घट्यो।
कारोबार रकमतर्फ एसवाई प्यालन नेपाल लिमिटेड शीर्ष स्थानमा रहँदै १४ करोड ४९ लाख ३५ हजार ३८३ रुपैयाँ बराबरको शेयर किनबेच भयो। शेयर सङ्ख्याका आधारमा भने तेह्रथुम पावर कम्पनी लिमिटेडको २ लाख ६२ हजार ५८५ कित्ता शेयर कारोबार भई अग्रस्थानमा रह्यो।



