काठमाण्डौ — सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंकले घट्दै २५८१ अंकमा झरेको छ। कारोबार अवधिभर बजार प्रायः रातो देखिएको थियो भने कुल कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिन ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३ अर्ब ५१ करोड रुपैयाँमा सीमित भयो। बजारमा ५४ कम्पनीको सेयर मूल्य बढ्दा करिब २०० कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।
व्यापार समूहबाहेक सबै समूहका सूचक ओरालो लागेका छन्। व्यापार समूह ०.५७ प्रतिशत घट्दा जीवन बीमा १.०१ प्रतिशत, होटल तथा पर्यटन १.२६ प्रतिशतले घट्यो। यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य समूह ०.६९ प्रतिशतले घटेका छन्।
कम्पनीगत रूपमा एसवाई प्यानलको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। सीवाईसी लघुवित्त, पियोर इनर्जी र हिमालयन पावर पार्टनरको सेयर मूल्य क्रमशः ५.९०, ५.८७ र ३.५२ प्रतिशतले बढ्यो।
उता, मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ६.८४ प्रतिशतले घट्यो। त्यसैगरी लक्ष्मी लघुवित्त, स्वस्तिक लघुवित्त र तेह्रथुम पावरका सेयर मूल्य पनि उल्लेख्य रूपमा ओरालो लागेका छन्।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर र सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहे।


