११औँ महाधिवेशनपछि एमाले केन्द्रीय समितिको बैठक भोलि
नेकपा एमालेले नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भोलि बोलाएको छ। पार्टीका अनुसार केन्द्रीय समितिको बैठक भोलि दिउँसो १ बजे काठमाण्डौस्थित कार्की ब्याङ्केटमा बस्नेछ।
अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गरिसकेका छन्। यसैबीच, जारी ११औँ महाधिवेशनको समापन समारोह अहिले सञ्चालन भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १८:३४
प्रतिक्रिया दिनुहोस्


