रुकुम पूर्व। रुकुमकोटमा पहिलोपटक आयोजना भएको इन्डोर स्केटिङ प्रतियोगिताको सिनियर पुरुष तर्फ निरज मल्ल बिजेता बनेका छन, तेसै गरि नबिन पुन दोश्रो र सुशील श्रेष्ठ तेस्रो भएका छन र सिनियर महिला तर्फ जेनिशा श्रेष्ठ प्रथम, सपना श्रेष्ठ दोश्रो र बर्षा रोका तेश्रो बनेकी छिन्, पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन |
प्रतियोगिताको जुनियर पुरुष तर्फ क्रिश बिक्रम बिजेता, जेनिश श्रेष्ठ दोश्रो र मिकल नेपाली तेश्रो भएका छन र जुनियर महिला तर्फ युनिका बि.के. बिजेता, आयुष्मा रोका दोश्रो र सुईसान्मी रोका तेश्रो बनेकी कुरा प्राविधिक समिति की कृपा पन्थ नैना शाक्य र प्रमुख प्रशिच्छक दिलीप राज बराल ले सुचना दिनुभयो|
विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गरेका कुरा कार्यक्रम को सञ्चालना तथा बेवस्थापन महासचिब सत्य थापा तथा स्केट पार्क कि संचालिका अश्मी घर्ती मगर ले बताईन्
युवा जमातका बिच लोकप्रिय खेल स्केटिङको बिकाश, प्रबर्धन तथा व्यवसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिताहरु आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले जानकारी दिनु भयो ।


