एमाले केन्द्रीय कमिटीको बैठक भृकुटीमण्डपमा सुरु
काठमाण्डौ — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ११औं महाधिवेशनको बन्दसत्र प्रारम्भ हुनुअघि भृकुटीमण्डपमा सुरु भएको छ। कार्यकालकै अन्तिम मानिएको यस बैठकमा पार्टी विधान संशोधन, समसामयिक राजनीतिक अवस्था र बन्दसत्रका कार्यक्रमबारे विस्तृत छलफल हुने जानकारी नेता महेश बस्नेतले दिएका छन्।
भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमै आयोजना हुने तय छ। बिहानैका लागि तयारी गरिएको बन्दसत्रको समय व्यवस्थापन कारण दिउँसो १ बजेलाई सारिएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १२:१४
प्रतिक्रिया दिनुहोस्


