Banner Nepal
एनपिएल फाइनल खेल्ने दुवै टोलीलाई प्रधानमन्त्री कार्कीको शुभकामना

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार हुने फाइनल प्रतिस्पर्धामा आमनेसामने हुन लागेका दुवै टोलीलाई शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सलाई सफलताको कामना गर्नुभएको हो।

प्रधानमन्त्रीले एनपिएललाई केवल खेलकुद प्रतियोगितामा सीमित नराखी राष्ट्रिय उत्सवको रूपमा चित्रण गर्नुभएको छ। उहाँका अनुसार यस प्रतियोगिताले देशभर उत्साह जगाउँदै नेपालीहरूलाई एउटै सूत्रमा बाँध्न सफल भएको छ।

प्रधानमन्त्री कार्कीले एनपिएलमार्फत नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र हो भन्ने सन्देश विश्व समुदायसम्म प्रवाह भएको उल्लेख गर्नुभएको छ। खेलकुदले सुरक्षा सम्बन्धी आशंकालाई चिर्दै सकारात्मक राष्ट्रिय छवि निर्माण गर्न योगदान पुर्‍याएको उहाँको भनाइ छ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update