नेपाली कांग्रेसले बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १७ जनाको नाम सिफारिस गरेको छ। कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाका अनुसार क्षेत्र नम्बर १ बाट तीन, क्षेत्र नम्बर २ बाट नौ र क्षेत्र नम्बर ३ बाट पाँच गरी जम्मा १७ उम्मेदवारको प्रस्ताव केन्द्रमा पठाइएको हो।
क्षेत्र नम्बर १ बाट बलराम शर्मा, लुटबहादुर खत्री र रामचन्द्र मौर्यका नाम सिफारिस गरिएको छ। यस्तै, क्षेत्र नम्बर २ बाट निरन्जन सिंह सिजापति, मेराज अहमद हल्वाइ, सीता काफ्ले, नारायणी रुपाखेती, पुष्पा शुक्ला, अमृतकुमार आचार्य, बन्दना सिंह, बालकृष्ण सुवेदी र ध्रुव दाहालको नाम प्रस्तावित छन्।
क्षेत्र नम्बर ३ मा भने जगदम्बा पाठक, हरिभक्त उप्रेती, केशबहादुर शाह, हरिप्रसाद ढुगाना र शेरबहादुर गुरूङको नाम सिफारिस सूचीमा परेका छन्।
यसअघि प्रतिनिधिसभा सदस्यका लागि बाँकेबाट पूर्वमन्त्री गजेन्द्रबहादुर हमाल र सहमहामन्त्री किशोरसिंह राठौरसहित २० जनाको नाम कांग्रेसले केन्द्रमा पठाइसकेको थियो।


