अन्तिम चुनाव लड्ने तयारी, देउवाको नाम सर्वसम्मत पारित
नेपाली कांग्रेस डडेल्धुरा जिल्लाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टी सभापति शेरबहादुर देउवाको नाम एकल रूपमा सिफारिस गरेको छ। बिहीबार बसेको जिल्ला कार्यसमिति बैठकले सर्वसम्मतरूपमा देउवालाई उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए।
देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट प्रतिनिधिसभामा विजयी हुँदै आएका छन्। हालै जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भइसकेका उनले केही दिनअघि मात्रै अन्तिम पटक निर्वाचनमा प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरेका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२ १६:४४
प्रतिक्रिया दिनुहोस्


