Banner Nepal
बहुविवाह आरोपमा डिएसपी मधु नेपाल पक्राउ

काठमाण्डौ — रूपन्देही प्रहरीले बहुविवाहको आरोपमा प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार नेपालविरुद्ध परेको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर मंगलबार पक्राउ गरिएको हो।

डिएसपी नेपाल हाल पूर्वी नवलपरासीस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्। उनी प्रहरी निरीक्षकका रूपमा बुटवलको वडा प्रहरी कार्यालयमा कार्यरत रहँदा परिवारसम्बन्धी विवाद चुलिएको र त्यसपछि श्रीमतीले बहुविवाहको उजुरी दर्ता गराएकी थिइन्।

कार्कीका अनुसार अदालतबाट तीन दिनको म्याद थप गरी नेपाललाई रूपन्देही प्रहरी हिरासतमा राखेर थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update