जेन–जी आन्दोलनलाई वैधानिक मान्यता दिने सरकारी सम्झौता आज
काठमाण्डौ — गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई औपचारिक वैधानिकता दिने उद्देश्यले नेपाल सरकार र आन्दोलनतर्फका प्रतिनिधिबीच आज सम्झौता हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुवै पक्षबीच आवश्यक कार्यविधि पूरा भइसकेकाले सम्झौता प्रक्रियामा अघि बढ्ने जानकारी दिएको हो।
सम्झौतासम्बन्धी ड्राफ्ट तयार भइसकेकाले आज साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा हस्ताक्षर कार्यक्रम तय गरिएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ।
यस प्रक्रियासँगै आन्दोलनका दिवसमा उठाइएका माग र घटनाहरूबारे औपचारिक व्यवस्थापनका लागि मार्गचित्र सुनिश्चित हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२ १७:३१
प्रतिक्रिया दिनुहोस्


