Banner Nepal
क्षतिग्रस्त सिंहदरबार पूर्वराष्ट्रपति भण्डारीद्वारा अवलोकन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सिंहदरबार परिसर अवलोकन गर्ने तयारी गर्नुभएको छ। उहाँ आइतबार दिउँसो सिंहदरबार पुग्ने कार्यक्रम तय भएको भण्डारी निकट स्रोतहरूले बताएका छन्।

अवलोकनका क्रममा प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गर्ने तालिका तयार गरिएको स्रोतले जानकारी दियो। आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण भवनहरूमा पुगेको क्षतिप्रति चासो राख्दै भण्डारीले अवस्थाको प्रत्यक्ष बुझाइ लिने कार्यक्रम बनाइएको बताइएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update