Banner Nepal
मधेश प्रदेशका मुख्यमन्त्रीमा कृष्णप्रसाद यादवले गरे  शपथ ग्रहण

मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनसँगै नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले नयाँ मुख्यमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ लिनुभएको छ। आइतबार जनकपुरधामस्थित प्रदेश राजधानीमा सम्पन्न शपथ समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई शपथ गराए।

यादव दोस्रो कार्यकालमा रहेको मधेश प्रदेश सरकारका पाँचौँ मुख्यमन्त्री बनेका छन्। नेकपा, जनता समाजवादी पार्टी र अन्य दलबीचका राजनीतिक समीकरणपछि कांग्रेस नेतृत्वमा सरकार गठन मार्ग प्रशस्त भएको हो।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update