Banner Nepal
झापामा तीन सवारीसहित ठूलो परिमाणको अवैध सामान नियन्त्रण

झापामा प्रहरीले ठूलो मात्रामा राजस्व छली गर्दै ल्याइएका सामान बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीन वटा सवारी साधन रोकेर चेकजाँच गर्दा अवैध सामग्री फेला परेको हो।

बुधबार अपरान्ह रोकिएका मे.१ च.६८९२, प्र.१–०१–००१ च.७५२४ र मे.१ च.४०४५ नम्बरका गाडीबाट रक्सी, खाने तेल, बच्चाको डाइपर, बिस्कुट र कस्मेटिकसहित विभिन्न सामग्री ठूलो परिमाणमा बरामद गरिएको प्रहरीको भनाइ छ।
बरामद सामग्रीमा ४१ कार्टुन बच्चाको डाइपर, १९ कार्टुन ‘इन्चान्टर’ कस्मेटिक, २०० कार्टुन ‘चुलबुल’ रक्सी, १५० कार्टुन ‘गोर्खा’ बियर, १६ कार्टुन ओरियो बिस्कुट र ८० कार्टुन सेलो तथा विकुल ब्रान्डको खाने तेल रहेको खड्काले बताए।

प्रहरीका अनुसार सवारीका चालक ४३ वर्षीय दिलिप खड्का, ५४ वर्षीय राजाराम खड्का र ४७ वर्षीय उदेन राईलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि राजस्व कार्यालय इटहरीमा बुझाइएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update