Banner Nepal
ईश्वर पोखरेलको गुण्डुमा ओलीसँग भेट

११ औं महाधिवेशनमा अध्यक्षका लागि उमेदवारी दिने घोषणा गरिसकेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। पोखरेल आफ्नो पक्षमा उभिएका नेतृत्व सहित बुधबार ओली निवास गुण्डु पुगेका हुन्।

भेटमा पोखरेलसँग अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि सहभागी थिए। महाधिवेशन प्रतिनिधि छनोटमा उत्पन्न विवाद तथा विभिन्न जिल्लामा देखिएका मतभेदबारे चर्चा गर्न टोली गुण्डु गएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update