Banner Nepal
सुधन गुरुङको दाबी: बालेन–कुलमान बिच एकता, अब रविसँग संवाद

काउन्सिल अफ जेन–जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच समन्वय र नजिकको सहमति तयार भएको दाबी गरेका छन्। आफ्नो टोलीले अघि सारेको एकता अभियानको क्रम अघि बढ्दै अब थप संवादका लागि स्वतन्त्र सांसद रवि लामिछानेसँग भेट गर्ने तयारी भइरहेको उनले बताएका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बालेन–कुलमानबीचको ‘एकता’ पछिको प्रतिज्ञाअनुसार आज नै रवि लामिछानेलाई भेटेर उहाँको धारणा सुन्ने र सम्भावित सहकार्यबारे छलफल गर्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update