नागरिक उड्डयन महानिर्देशक अधिकारीसहित सातजनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा
काठमाण्डौ — नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा प्राधिकरणका निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा, गुरुदत्त अधिकारी र एक इन्जिनियरिङ कम्पनीसमेत प्रतिवादी बनाइएका छन्।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रत्येक प्रतिवादीमाथि १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बराबरको बिगो दाबी गरिएको छ।
भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणसँग सम्बन्धित अनियमितता र दुरुपयोगको आरोपमा दायर गरिएको उक्त मुद्दा हाल विशेष अदालतमा दर्ता भएकाले अब कानुनी कारबाही प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२ १६:४५
प्रतिक्रिया दिनुहोस्


