विश्वासको मत नपाउने भएपछि मधेश मुख्यमन्त्री यादवको राजीनामा
काठमाण्डौ — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा बसेको बैठकमै राजीनामा दिएका छन्। बुधबार विश्वासको मतका लागि आह्वान गरिएको बैठकमा आवश्यक समर्थन नपाउने अवस्था प्रष्ट भएपछि उनले सभाबाटै पद त्याग गरेका हुन्।
यादव कात्तिक २३ गते मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। छोटो अवधिमै विश्वासको मत सुरक्षित गर्न नसक्दा उनले पद छाड्नुपरेको हो।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२ १६:४३
प्रतिक्रिया दिनुहोस्


