Banner Nepal
मुख्यमन्त्री यादव आज साँझ पत्रकार सम्मेलन गर्दै

सर्वोच्च अदालतबाट आएको परमादेशले तोकेको २४ घण्टे समयसीमा सकिन लागेका बेला प्रदेश–१ का मुख्यमन्त्री सरोजकुमार यादव आज साँझ पत्रकार सम्मेलनमा उभिन लागेका छन्। उनका अनुसार पत्रकार सम्मेलन साँझ ५:३० बजे मुख्यमन्त्री निवासमै आयोजना गरिने छ।

विश्वासको मत लिन कि राजीनामा दिने भन्ने द्विविधाबीच यादवले दिनभर दलभित्रका नेता तथा कानुनविदहरूसँग परामर्श गरेका थिए। अदालतको आदेश गएराति ८ बजे नै मुख्यमन्त्री कार्यालयमा इमेलमार्फत प्राप्त भइसकेको थियो, जसअनुसार आज राति ८ बजे २४ घण्टे समयसीमा समाप्त हुँदैछ।

यदि उनले तोकिएको अवधीभित्र प्रदेश सभाबाट विश्वासको मत लिन नसके र राजीनामा पनि नदिए, उनी स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था लागू हुनेछ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update