Banner Nepal
वालिङमा अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता वितरण

काठमाण्डौ — स्याङ्जाको वालिङस्थित इलाका प्रशासन कार्यालयले अशक्त र कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ। वालिङ नगरपालिका–६ की १८ वर्षीया सीता पाण्डे र वालिङ नगरपालिका–३ की १७ वर्षीया किशमाया गुरुङलाई नयाँ नागरिकता उपलब्ध गराइएको कार्यालय प्रमुख सरिता चापागाई भारीले बताउनुभयो।

यस्तै भिरकोट नगरपालिका–५ का ६७ वर्षीय चोकबहादुर थापालाई नागरिकताको प्रतिलिपि हस्तान्तरण गरिएको छ। नागरिकता नहुँदा उपचारदेखि आवश्यक सेवासुविधा लिनसम्म कठिनाइ झेलिरहेका नागरिकका समस्या बुझेर घरमै गएर सेवा पु¥याइएको प्रमुख भारीले उल्लेख गर्नुभयो।

उहाँका अनुसार नागरिकको दुःखमा साथ दिनु प्रशासनको दायित्व भएकाले कसैलाई पनि सेवाबाट वञ्चित हुन नदिन यो पहल गरिएको हो। उक्त कार्यमा वडा कार्यालयले समन्वय गरेको वालिङ नगरपालिका–६ का वडाध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए। अशक्त नागरिकलाई कार्यालयसम्म लैजान कठिन भएकाले प्रशासनसँग विशेष सहायता मागिएको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update