तुलसीपुर कारागारका ७३ कैदी अझै बेपत्ता
काठमाण्डौ — जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका २५३ कैदीबन्दीमध्ये ७३ जना अझै फेला परेका छैनन्। तुलसीपुर कारागारका जेलर गिरबहादुर सिजवालका अनुसार हालसम्म १ सय ६० जना कारागारमा पुनः भर्ना भइसकेका छन्, जसमा २० जना अन्य जिल्लाका कारागारमा रहेका कैदी पनि समावेश छन्।
फरारमध्ये ८९ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ भने ९१ जना आफैं कारागार फर्किएका छन्। कारागार प्रशासनका अनुसार भदौ २३ गते राति १ सय २४ र भदौ २४ गते दिउँसो १ सय २९ गरी २५३ कैदीबन्दी सामूहिक रूपमा फरार भएका थिए।
फेला परिनसकेका ७३ जनाको खोजी निरन्तर जारी रहेको कारागार प्रशासनले जनाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२ १७:४३
प्रतिक्रिया दिनुहोस्


