Banner Nepal
भ्रष्टाचार मुद्दामा फरार प्रतिवादी सप्तरीमा पक्राउ

काठमाण्डौ — झुठा विवरण प्रस्तुत गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट सजाय पाई फरार रहेका प्रतिवादी रामबाबु यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनका लागि परिचालित प्रहरी टोलीले लामो खोजतलासपछि उनलाई फेला पारेको हो।

प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रनाउ डम्बरबहादुर पुरीका अनुसार यादव सप्तरीको रुपनी गाउँपालिका–१ का निवासी हुन्। विशेष अदालत काठमाडौंले झुठा विवरण पेशगरी भ्रष्टाचार गरेको कसुरमा उनलाई १० हजार रुपैयाँ जरिवाना तथा छ महिनाको कैद सजाय तोकेको थियो। सजाय सुनाएपछि यादव फरार रहेका थिए।

पक्राउ परेका यादवलाई आवश्यक प्रक्रिया पूरा गर्न सोमबार सप्तरी जिल्ला अदालत, राजविराजमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। अदालतको आदेश कार्यान्वयन गर्दै फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update