नेपाली बजारमा सुन–चाँदी फेरि महँगियो
अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य तथा स्थानीय मागमा वृद्धि भएपछि आज घरेलु बजारमा सुनचाँदीको दर माथिल्लो स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. २ लाख ४४ हजार ६०० निर्धारण गरिएको छ, जुन गत शुक्रबारको रु. २ लाख ४१ हजार ७०० को तुलनामा उल्लेख्य रूपमा बढी हो।
यस्तै, चाँदीको दर पनि उकालो लागेको छ। प्रतितोला चाँदी आज रु. ३ हजार १३५ पुगेको छ, जबकि शुक्रबार यसकै मूल्य रु. ३ हजार १०० थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज वैश्विक बजारमा एक औँस सुन चार हजार ६३ अमेरिकी डलर र त्यही मात्राको चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय दरमा देखिएको सो सुधारले स्थानीय बजारमा समेत प्रत्यक्ष प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ १२:२२
प्रतिक्रिया दिनुहोस्


