बिराटनगरमा एमाले नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास
आज विराटनगरमा नेकपा (एमाले) नेता महेश बस्नेत सवार वाहनमाथि एक व्यक्तिले रातो रंग फ्याँकेर हमला गरेको छ। बस्नेत यात्रा गरिरहेको अवस्थामा अचानक आक्रमणकारीले उनको गाडी लक्षित गर्दै रंग छ्यापेपछि सुरक्षामा खटिएको प्रहरी टोलीले तत्काल घटनास्थलमै ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ १२:०५
प्रतिक्रिया दिनुहोस्


