Banner Nepal
हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

देशभर पश्चिमी वायूको आंशिक प्रभाव देखिएसँगै आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही हिमाली स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भू–भाग भने सामान्यतया सफै रहनेछ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली बस्तीमा आंशिक बदली रहने उल्लेख छ, जबकि देशका अन्य क्षेत्रको मौसम सामान्य रूपमा सफा रहने महाशाखाको पूर्वानुमान छ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update